राजनीति


प्रधानमन्त्रीले २८ गते राष्ट्रियसभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले २८ गते राष्ट्रियसभामा सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १७:३७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वैशाख २८ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री जवाफ दिने कार्यक्रम राखिएको उनले बताए।

‘आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछ,’ दाहालले भने, ‘राष्ट्रियसभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आईतवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीँ स्थगित हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad