कारोबार


चन्द्रागिरि हिल्सको भ्रमणमा स्वामी कैलाशानन्द

चन्द्रागिरि हिल्सको भ्रमणमा स्वामी कैलाशानन्द

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १२:१४, काठमाडौँ

स्वामी कैलाशानन्दले सोमबारको  विशेष दिन पारी चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्।

उनीसहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स प्रमुख कार्यकारी अधिकृत अरुण प्रधान तथा मुख्य बजार प्रबन्धक प्रभाकर खड्काले  स्वागत गरेको कम्पनीले जनाएको छ।

उनले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स  उत्कृष्ट  गन्तव्य  बन्न पुगेको भन्दै प्रशंसा गरेका थिए। स्वामी कैलाशानन्दसहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए।

साथै चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गरेको बताए।

भ्रमणका क्रममा उनले मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको बताए। 

यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि उनले उल्लेख गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad