नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसद्मा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारालई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने मागगरे। नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको शर्माको आरोप छ।
‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन, यो गैरजिम्मेवारी किन?,’ शर्माको भने, ‘म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु।’
129
Shares

प्रतिक्रिया