कारोबार


लिपमोटर चाइनिज एनईभी स्टार्टअप डेलिभरी र्‍यांकिङको शीर्ष स्थानमा

लिपमोटर चाइनिज एनईभी स्टार्टअप डेलिभरी र्‍यांकिङको शीर्ष स्थानमा

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १५:३६, काठमाडौँ

लिपमोटरले लगातार दोस्रो महिना पनि चीनको नम्बर १ एनईभी स्टार्टअप कम्पनीको स्थान कायम राखेको छ।

नेपालमा लिपमोटर सवारी साधनको अधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरले फेरि एक पटक सबैलाई पछि पार्दै ४० हजारभन्दा बढी अर्थात ४१ हजार ३९ सवारी साधन डेलिभर गरेको जनाएको छ।

प्रकाशित तथ्यांकअनुसार अप्रिल महिनामा ४० हजार भन्दाबढी डेलिभरी गर्न सफल भएको एक मात्र एनईभी स्टार्टअप लिपमोटर नै थियो। जनवरीदेखि अप्रिलसम्म लिपमोटरले जम्मा १ लाख २८ हजार ५९१ सवारी साधन डेलिभर गरिसकेको छ।

साङ्ग्रिला मोटर्स प्रालिले यस उपलब्धिमा गर्व व्यक्त गर्दै नेपालमा प्रमुख इभी बिक्रेता बन्ने आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ।

साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, प्यूजो, सिट्रोएन र लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad