कारोबार


नीति तथा कार्यक्रममा आएनन् नयाँ सडक पूर्वाधार आयोजना, सडक र सवारीसम्बन्धी ३ वटा ऐन बनाउने

नीति तथा कार्यक्रममा आएनन् नयाँ सडक पूर्वाधार आयोजना, सडक र सवारीसम्बन्धी ३ वटा ऐन बनाउने

फाइल तस्बिर


नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १६:४७, काठमाडौँ

सरकारले नीति तथा कार्यक्रममा नयाँ आयोजना नबनाउने उल्लेख गरेको छ।

शुक्रबार सार्वजनकि भएको नीति तथा कार्यक्रममा अन्तर्देशीय सडक यातायात सञ्जालसँग आबद्ध हुने गरी प्रमुख राजमार्गहरूको निर्माण, सुधार तथा स्तरोन्नति गरिने उल्लेख छ। 

‘राष्ट्रिय यातायात नीति, सार्वजनिक सवारी र यातायात व्यवस्था ऐन, सार्वजनिक सडक ऐन, सडक सुरक्षा ऐन तर्जुमा गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,‘सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने, यात्रु लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवार बनाइनेछ।’

रणनीतिक र व्यापारिक महत्वका सडक खण्डहरूको क्रमशः निर्माण र स्तरोन्नति गरिनेछ रुग्ण पुल तथा सडक आयोजना फरफारक गरिने उल्लेख छ। 

सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक सडक सञ्जालसँग जोडी अन्तर आबद्धता गरिने उल्ल्लेख छ। प्रादेशिक र स्थानीय सडकहरूको सह लगानी र समन्वयमार्फत कालोपत्रे स्तरमा सुधार गरिनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad