कारोबार


गुणाकरविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

गुणाकरविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १४:३५, काठमाडौँ

भावी गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्नलागेको भन्दै सर्वोच्चमा परेको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’मा परेको छ। 

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परे पनि सुनुवाइ हुन नसकेको हो। 

अधिवक्ताहरु विशाल थापालगायतले सर्वोच्चमा भट्टको योग्यता नपुग्ने भन्दै रिट दायर गरेका हुन्। आइतबार पनि यो रिट हेर्न भ्याइएको थिएन। सोमबारलाई पेसी तोकिए पनि सुनुवाइ हुन सकेन। 

सर्वोच्चमा यसअघि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिमा सरकारले गरेको उमेर हदसम्बन्धी व्यवस्था संशोधनविरुद्ध समेत थापालगायतले रिट हालेका थिए।

त्यसमा सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो। त्योसँगै भट्टलाई गभर्नर बनाउन खोजिएका समाचार आएसँगै सर्वोच्चमा पूरक निवेदन दर्ता भएको थियो। 

सर्वोच्चले रिट र पूरक निवेदन दुवैलाई एकसाथ राखेर हेर्ने भन्दै पेसी तोके पनि स्थगित हुँदै आएको छ।

यो पनि-  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad