अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिमा प्रचलित उमेर हदको व्यवस्था संशोधनविरुद्धको र भावी गभर्नरसम्बन्धी रिट निवेदन सुनुवाइ गर्न आज सोमबारका लागि पेसी तोकिएको छ।
आइतबार हेर्न नभ्याइएका कारण दुवै रिटको पेसी सोमबारलाई तोकिएको हो।
उमेर हदसम्बन्धी मापदण्ड संशोधनविरुद्धको रिटमा यसअघि नै अल्पकालीन आदेश जारी भइसकेकाे छ।
आइतबार अन्तरिम आदेशका लागि बोलाइए पनि सुनुवाइ हुन नसकेको हो।
त्यससँगै योग्यता नपुगेका व्यक्तिलाई गभर्नर बनाउन खोजिएको दाबी गर्दै सोही रिटको अर्को पूरक निवेदन पनि सर्वोच्चमा दर्ता गरिएको छ। रिट र पूरक निवेदन दुवैको सुनुवाइ आइतबार हुने भनिए पनि हेर्न नभ्याइएपछि सोमबारका लागि पेसी तोकिएको हो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति दुई सत्ता साझेदार दलबीच भएपछि सर्वोच्चमा पूरक निवेदन दर्ता गरिएको थियो।
आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजालासमा उक्त रिट ४०औँ नम्बरमा राखिए पनि हेर्न नभ्याएपछि पेसी सरेको हो।
Shares

प्रतिक्रिया