कारोबार


अस्ट्रेलियन डलरको मूल्य घट्दा धेरैजसो विदेशी मुद्रा महँगिए

अस्ट्रेलियन डलरको मूल्य घट्दा धेरैजसो विदेशी मुद्रा महँगिए

नेपालखबर
चैत २८, २०८१ बिहिबार ५:९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। तर, अस्ट्रेलियन डलरको विनियमदर भने घटेको छ। 

विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर हिजो र अस्ती पनि बढेको थियो। विगत तीन दिनदेखि यी मुद्राको विनियमदर लगातार बढेको हो। 

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३  पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा छ। हिजो युरो १ को खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा थियो। 

त्यस्तै आज पाउन्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ०९ र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ३० र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा  थियो। 

आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad