कारोबार


सामसङले ल्यायो ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर

सामसङले ल्यायो ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर

नेपालखबर
चैत २६, २०८१ मंगलबार २०:२०, काठमाडौँ

नेपालमा नयाँ वर्ष वि.सं. २०८२ को आगमनसँगै, सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ। आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ।

‘तपाईँको घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्, तपाईँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ’ कम्पनीले भनेको छ।

यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ। चुनित ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ। 

साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च यूए ६५डीयू७७००आरएसएचई, ६५ इन्च यूए८५बीयू८०००आरएक्सएचई, ८५ इन्च यूए८५बीयू८०००आरएक्सएचई वा ८५ इन्च यूए८५सीयू८०००आरएसएचई मोडेलका युएचडी टिभीको  खरिद गर्दा रु. ८ हजारसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ। यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहनेछ।

त्यसै गरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ। 

साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ, जसले गर्दा तपाईँको यी नयाँ खरिद गरिएको अप्लाएन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन्।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन्।  

निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनर लिंक बाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्सहरूमा रु ८,००० सम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ।

आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको यो अफरमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टिभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न पनि सक्छन्। ग्राहकहरूले लिंक मा गएर अनलाइन मार्फत पनि यी सबै अफरहरूको फाइदा उठाउन सक्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad