बुटवल पावर कम्पनीले प्रस्ताव गरेको १ करोड कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) प्रक्रिया रद्द गरेको छ।
कम्पनीले अब हकप्रद सेयर जारी गर्ने भएको हो।
२२ गते बसेको सञ्चालक समिति बैठकले सय रुपैयाँ प्रतिकित्ता दरमा थप सार्वजनिक निष्काशनको प्रक्रिया अघि बढाएको थियो। तर त्यसलाई रद्द गरी चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरिएको छ।
कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय रुपैयाँ छ भने सोअनुसार प्रस्तावित हकप्रद १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८ सय रुपैयाँ बराबर हुन आउँछ।
39
Shares

प्रतिक्रिया