ad ad

कारोबार


ग्राहकलाई सहुलियत दिन बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र

ग्राहकलाई सहुलियत दिन बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र

नेपालखबर
चैत १६, २०७६ आइतबार १४:१७,

नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंकदेखि ऋणीहरुसमेतलाई राहतको प्याकेज ल्याएको छ। राष्ट्र बैंकको सर्कुलर अनुसार बैंकबाट ऋण लिनेले चैतमा गर्नु पर्ने भुक्तानी असारसम्म दिए हुने भएको छ।

यदि ऋणी चैतमा नै भुक्तानी गर्न आए १० प्रतिशत ब्याज छुट दिनसमेत बैंकहरुलाई सर्कुलर जारी गरेको छ।

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि राहातको प्याकेज ल्याएको छ। बैंकहरुले अब नगद मौज्दात ३ प्रतिशत मात्रै राखे हुने भएको छ। राष्ट्र बैंकले बैंहरुलाई दिने कर्जा पनि ५ प्रतिशत गराउने जनाएको छ।

त्यस्तै रिपो दर समेत ३ दशमलव ५ मा ल्याएको छ।

डिजिटल कारोबारमा बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म कुनै पनि शुल्क लिन पाउने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .