नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले प्रस्थान समयभन्दा ४ घण्टाअगाडि विमानस्थल आइपुग्न यात्रुहरुलाई आग्रह गरेको छ।
काठमाडौंबाट दुबई, दमाम वा दोहा जाने यात्रुहरुलाई कम्पनीले विशेष आग्रह गरेको हो।
‘यदि तपाईं हामीसँग काठमाडौ.बाट दुबई, दमाम वा दोहा उडान गर्दै हुनुहुन्छ भने उडानअघिको सबै आवश्यक विमानस्थल औपचारिकताहरु पूरा गर्न निर्धारित समयभन्दा कम्तीमा ४ घण्टा अगाडि नै विमानस्थलमा पुग्न सूचित गरिन्छ’, कम्पनीले विज्ञप्तिमा भनेको छ।
2.1k
Shares

प्रतिक्रिया