ग्लोबल


अमेरिकाद्वारा आफ्ना कर्मचारीलाई चिनियाँ नागरिकसँग यौन र प्रेम सम्बन्ध राख्न प्रतिबन्ध

अमेरिकाद्वारा आफ्ना कर्मचारीलाई चिनियाँ नागरिकसँग यौन र प्रेम सम्बन्ध राख्न प्रतिबन्ध

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १५:२,

अमेरिकी सरकारले चीनस्थित आफ्ना सरकारी कर्मचारी, तिनका परिवार र गोप्य सूचनामा पहुँच राख्ने ठेकेदारहरूलाई समेत चिनियाँ नागरिकसँग प्रेम वा यौनसम्बन्ध राख्न प्रतिबन्ध लगाएको छ।

सरकारी स्रोतलाई उधृत गर्दै एसोसियट प्रेसले जनाएअनृुसार यो नीति निवर्तमान राजदूत निकोलस बर्न्सले पदबाट बिदा हुनुअघि जनवरीमा लागू गराएका थिए। 

केही अमेरिकी एजेन्सीहरूले आफ्ना सदस्यले कोसँग सम्बन्ध राख्न नपाउने भन्ने तय गरेका हुन्छन्। तर, यसरी व्यापक रुपमा लागू गरिएको घटना शीतयुद्धपछि पहिलोपटक भएको हो। 

अमेरिकी कूटनीतिज्ञहरूले अन्य मुलुकका स्थानीयसँग डेटिङ तथा विवाह गर्नु सामान्य थियो।

गतवर्ष नै अमेरिकाले चीनस्थित दूतावास र पाँच महावाणिज्यदूतावासमा गार्ड तथा सहयोगीका रुपमा कार्यरत चिनियाँसँग त्यस्तो सम्बन्ध राख्न नपाउने नियम लागू गरेको थियो। तर, राजदूत बर्नसले त्यो प्रतिबन्ध सम्पूर्ण चिनियाँ नागरिकमा लागू गरेका हुन्।

यो प्रतिबन्ध बेइजिङस्थित दूतावास, क्वाङचौ, साङ्हाई, सेन्याङ, वुहान र हङकङका वाणिज्यदूतावासका कर्मचारीमा लागू गरिएको छ।

यदि ती कर्मचारीको चिनियाँ नागरिकसँग यसअघि नै सम्बन्ध छ भने उनीहरूले छुटका लागि निवेदन दिनुपर्ने हुन्छ। तर, उनीहरूले छुट पाएनन् भने कि त सम्बन्ध अन्त्य गर्नुपर्ने हुन्छ, नत्र पद छाड्नुपर्ने हुन्छ। यो नियम उल्लंघन गर्ने व्यक्तिलाई तुरुन्त चीनबाट फिर्ता पठाइने छ।

यसको जानकारी मौखिक र लिखित रुपमा कर्मचारीहरूलाई जनवरीमै गराइएको छ। 

शीतयुद्धमा मुलुकहरूले एकअर्काको देशको सूचना हात पार्न आकर्षक पुरुष तथा महिलाको प्रयोग गर्ने गर्थे।

पछि सार्वजनिक गरिएका गुप्त दस्ताबेजहरूका अुनसार १९८७ मा अमेरिकाले सोभियत गुटमा रहेका मुलुक र चीनस्थित आफ्ना कर्मचारीलाई स्थानीयसँग मित्रता गाँस्न, डेटिङ गर्न र यौन सम्बन्धमा प्रतिबन्ध लगाएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad