कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो

हेर्नुहोस् आजको लागि निर्धारण भएका सबै विदेशी मुद्राको सूची
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८१ बुधबार ५:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने स्थिर छ।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ। बिगत चार दिनदेखि अमेरिकी डलरको विनियमदर यही छ। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १४७  रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा छ। हिजो युरो १ को खरिददर १४७  रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा थियो। 

त्यस्तै आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३४ र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ५१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा छ। हिजो पनि बहराइन दिनारको खरिददर यही थियो थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad