एन्थोनी एलाङ्गाको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै नटिङ्घम फरेस्ट च्याम्पियन्स लिग सपनाको नजिक पुगेको छ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा फरेस्टले युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो।
दि सिटी ग्राउन्डमा भएको खेलको पाचौँ मिनेटमा एन्थोनीले गरेको गोल नै फरेस्टका लागि निर्णायक बन्यो।
सन् २०२३ मा युनाइटेडबाट फरेस्टमा आएका एन्थोनीले पूर्व क्लबविरुद्ध गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।
यो जितसँगै तेस्रो स्थानमा रहेको फरेस्ट चेल्सीभन्दा ८ अंकले अघि छ। फरेस्टले ३० खेलबाट ५७ अंक बनाएको छ। चौथो स्थानमा रहेको चेल्सीको २९ खेलबाट ४९ अंक छ।
पराजित युनाइटेडले ३० खेलबाट ३७ अंक जोड्दै तैहौँ स्थानमा रहेको छ।
गएराति भएको अर्को खेलमा वुल्भ्सले वेस्ट ह्याम युनाइटेडमाथि १–० कै जित दर्ता गरेको छ। अर्को खेलमा आर्सनलले फुलहामलाई २–१ ले पाखा लगायो।
Shares

प्रतिक्रिया