त्रिभुवन विमानस्थल बाहिर आन्दोलनकारीले आगलागी गर्दा उडानहरु प्रभावित भएका छन्।
राजावादीहरुले विभिन्न ठाउँमा आगो लगाउँदा त्रिभुवन विमानस्थलकै उडान प्रभावित भएका हुन्।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगनाथ निरौलाले त्रिभुवन विमानस्थलभित्र सुरक्षित भए पनि बाहिर आगलागीका थुप्रै घटना भएकाले उडान प्रभावित भएको बताएका छन्।
‘विमानस्थल बाहिर विभिन्न ठाउँमा आगलागीका घटना हुँदा विमानस्थलका उडान प्रभावित भएका छन्। अहिले धुवाँमा कमी आउँदै गए पनि सहज रुपमा उडान हुन सकेको छैन,’ निरौलाले भने।
882
Shares

प्रतिक्रिया