काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) ले प्रर्दशनका घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने जनाएको छ।
अस्पतालले सूचना प्रकाशन गरी विभिन्न स्थानमा भएको प्रर्दशनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने जनाएको हो।
अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत ठानेर घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको जनाएको छ।
औषधिबाहेक अन्य उपचार अस्पतालले बेहोर्ने निर्णय भएको अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले बताएका छन्।
राजावादी समूहको प्रर्दशनमा घाइते भएका प्रहरी र आन्दोलनकारी गरी ३३ जनाको केएमसीमा उपचार भइरहेको छ ।

729
Shares

प्रतिक्रिया