कारोबार


कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड किलो मल उठेन

कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड किलो मल उठेन

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १७:२८, काठमाडौँ

कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरुबाट झण्डै १० करोड किलो रासायनिक मल नउठेको पाइएको छ।

कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल नउठाएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

जिल्लास्थित शाखा कार्यालयमा केन्द्रले मल पठाएपनि उठ्न नसकदा किसानले समयमा मल प्राप्त गर्न सकेको अवस्था देखिदैन। 

कोशी प्रदेशका शाखा कार्यालयमा १ करोड १९ लाख ५४ हजार ५०० किलो यूरिया मल मौज्दात रहेको छ भने, डीएपी २० लाख ९२ हजार ६०० किलो मौज्दात छ। यस्तै, पोटास ३२ लाख ४८ हजार ८५० किलो मौज्दात रहेको कम्पनीको तथ्यांक छ। तर शाखा कार्यालयबाट उठ्न सकेको अवस्था देखिदैन। 

यस्तै, मधेश प्रदेशको शाखा कार्यालयबाट पनि रासायनिक मल नउठाएको अवस्था छ। यो प्रदेशमा विभिन्न शाखा कार्यलयमा ३ करोड ११ लाख ३१ हजार २०० किलो यूरिया, १ करोड १४ लाख ५६ हजार २०० किलो डीएपी र ५५ लाख ८४ हजार ६०० किलो पोटास मल मौज्दात छ।

यस्तै, बागमती प्रदेशमा ४० लाख ९३ हजार ३०० किलो यूरिया, ५ लाख ९९ हजार १५० किलो डीएपी र २ लाख ५१ हजार ७५० किलो पोटास मौज्दात रहेको कृषि कम्पनीको तथ्यांक छ। 

गण्डकी प्रदेशका जिल्ला शाखाहरुमा ४ लाख ६ हजार ६५० किलो यूरिया, १ लाख ३० हजार ८०० किलो डीएपी र ६१ हजार ८००  किलो पोटास मौज्दात छ। तर यहाँबाट पनि मल नउठाइएको अवस्था छ।

यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयमा १ करोड ५० लाख ३५ हजार ८५० किलो यूरिया, ४६ लाख ४३ हजार ९००किलो डीएपी र ४४ लाख १२ हजार ४०० किलो पोटास मौज्दात छ। 

कर्णाली प्रदेशका कृषि कम्पनीका जिल्ला शाखामा २ लाख १२ हजार २५० किलो यूरिया, ७४ हजार ६५० किलो डीएपी, ४८ हजार ९५० किलो पोटास मौज्दात छ। 

यस्तै, सूदूरपश्चिम प्रदेशस्थित कृषि कम्पनीका जिल्ला शाखामा २४ लाख ५४ हजार १०० किलो यूरिया, २ लाख ९३ हजार २५० किलो डीएपी  र ४ लाख २३ हजार २०० किलो पोटास मौज्दात छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad