कारोबार


ग्लोबल आईएमई बैंकद्वारा सातै प्रदेशमा युवा-विद्यार्थी लक्षित कार्यक्रम

ग्लोबल आईएमई बैंकद्वारा सातै प्रदेशमा युवा-विद्यार्थी लक्षित कार्यक्रम

नेपालखबर
चैत ११, २०८१ सोमबार १९:३०, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ। बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो।

बैंकले ग्लोेबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरुको सहभागिता रहेको थियो।

यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि व्यानर सहित सहभागि भएका थिए।

ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad