कारोबार


विदेशी पुनर्बिमा एजेन्टले ३ महिनाभित्र नेपालमै कार्यालय स्थापना गर्नुपर्ने

विदेशी पुनर्बिमा एजेन्टले ३ महिनाभित्र नेपालमै कार्यालय स्थापना गर्नुपर्ने

नेपालखबर
चैत ११, २०८१ सोमबार १२:२३, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।

बिमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आइतबार निर्देशन दिएको हो।

बिमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले छ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad