कारोबार


आउँदो वैशाख पहिलो साता सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ

आउँदो वैशाख पहिलो साता सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ

नेपालखबर
चैत १०, २०८१ आइतबार १६:७, काठमाडौँ

आगामी वैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ।

कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो।

बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आईसीटी फाउन्डेसन नेपालबीच कन्क्लेभ आयोजनाको लागि सम्झौता भएको छ।

वीरेन्द्रनगरको सिद्दार्थ सन्नी रिसोर्टमा २ दिनसम्म चल्ने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल हुनेछ। ‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा बिभिन्न ४ किनोट प्रस्तुतिसँगै ८ बढी सेसनहरु रहनेछन्।

कन्क्लेभमा ५० बढी विज्ञहरू राष्ट्रिय र अन्तर्रास्ट्रियस्तरबाट वक्ताको रुपमा सहभागी हुनेछन्। कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय सरकार, प्रदेशसभा, सरकारी र निजी क्षेत्रको उपस्थितिमा आयोजना हुने कार्यक्रम डिजिटल रुपान्तरणको लागि फलदायी हुने विश्वास लिइएको आन्तरिक मामिला मन्त्रालयका सचिव पुष्पराज शाहीले बताए।

डिजिटल रुपान्तरणको प्रयासमा विभिन्न अभियान र कार्यक्रमहरु सँचालन गरिरहेको आइसिटी फाउन्डेसनले कर्णालीलाई विशेष प्राथमिकताको साथ कर्णाली कन्क्लेभको आयोजना गर्न लागिएको अध्यक्ष राजन लम्सालले बताए। 

दोस्रो संस्करणले डिजिटल साक्षरतासँगै प्रदेशमा भएका विभिन्न सम्भावनालाइ उजागर गर्दै प्रविधिमार्फत जीवनस्तर सुदृण बनाउन सहजीकरण गर्ने लम्सालले बताए।

डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ,  इन्नोभेसन, उद्यमशीलता र ई-गर्भेन्सको विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने आयोजकले जनाएको छ।

यसैगरी कर्णालीको लागि विकास गरिएका सोलुसन र आइडियाहरुको शोकेस र प्रस्तुति पनि हुनेछ। यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइटमार्फत डिजिटल सोलुसन/आइडिया को बारेमा जानकारी दर्ता गराउन सकिनेछ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad