गएको शुक्रबार घटेको सुनको मूल्य आज थप घटेको छ। चाँदी पनि आज सस्तिएको छ।
गएको बुधबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य त्यसयताका दुईदिन लगातार घटेको हो।
सुनको मूल्य आज प्रतितोला नौसय रुपैयाँ घटेको महासंघले जनाएको छ। मूल्य घटेर आज सुन एक लाख ७४ हजार एकसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बुधबार सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेको थियो। यो मूल्य आजसम्मकै सबैभन्दा धेरै हो।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १५ रुपैयाँ घटेर चाँदीको मूल्य आज एक हजार नौसय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो।
Shares

प्रतिक्रिया