कारोबार


बोलकबोल गर्ने कम भएपछि राष्ट्र बैंकले घटायो बजारबाट तान्ने निक्षेप

बोलकबोल गर्ने कम भएपछि राष्ट्र बैंकले घटायो बजारबाट तान्ने निक्षेप

नेपालखबर
चैत १०, २०८१ आइतबार ११:५३, काठमाडौँ

बोलकबोलमा बैंक तथा वित्तीय संस्थाको सहभागिता घटेसँगै बजारबाट तान्ने रकम कम गर्न थालेको छ। 

केन्द्रीय बैंकले आइतबार २० अर्ब रकम मात्रै खिच्ने भएको हो। यसअघि चैत ६ गते राष्ट्र बैंकले २५ अर्ब निक्षेपका लागि बोलकबोल आह्वान गरेको थियो।

तर ५ वटा बैंक तथा वित्तीय संस्था ९ अर्ब ४० करोड रुपैयाँबराबरको रकमसहित बोलकबोलमा सहभागी भए।

आह्वान रकमभन्दा आवेदन नै कम परेपछि रीतपूर्वक आउने सबै निक्षेपलाई राष्ट्र बैंकले स्वीकार गरेको थियो।

सो दिन २५ अर्बमा ९ अर्ब ४० करोड मात्रै निक्षेप तान्न सफल भएको थियो। निरन्तर बोलकबोलमा सहभागी हुनेको संख्या घट्न थालेपछि राष्ट्र बैंकले निक्षेप आह्वान घटाउन थालेको हो।

योसँगै बैंकले समय बढाएर निक्षेप आह्वान गर्न थालेको छ। आइतबार राष्ट्रबैंकले २१ दिने निक्षेप आह्वान गरेको हो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad