चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले आज सातै प्रदेशका ३३ केन्द्रमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) वितरण गरिसक्ने भएको छ।
चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले शुक्रबार ट्विट गर्दै आज बेलुकीसम्म व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्ने योजना रहेको जानकारी दिएका हुन्।
चौधरीले भनेका छन्, ‘सम्भवतः आज बेलुकीसम्ममा यी सबै केन्द्रमा पूरा भइसक्नेछ।’
ती सामान विदेशी वा नेपाली विमानमा ढुवानी गर्न सम्भव छ । यसका लागि हामीले सरकारलगायत सबै साझेदार मित्रहरूसँग निरन्तर सम्पर्कमा छौं । कसैले यो कार्यमा सहयोग पुर्याउन सक्नुहुन्छ भने हामी आभारी हुनेछौं ।
— Binod Chaudhary (@BinodKChaudhary) March 27, 2020३३ केन्द्रबाहेक अझै पनि विभिनन क्षेत्रले सुरक्षा उपकरण मागेको उनले ट्विटरमार्फत बताएका छन्। परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा अत्यन्त संवेदनशील रहेको भन्दै उनले सामग्री पुर्याइएको केन्द्रका स्वास्थ्यकर्मीमा आत्मसुरक्षाको अनुभूति पाएको बताए।
उनले सबै स्वास्थ्य केन्द्रलाई सुरक्षा उपकरण आवश्यक रहेकाले सबैबाट सहयोगको अपेक्षा गरेको बताए। पीपीई सकिएसँगै ग्रुपले दोस्रो चरणमा परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्री वितरण गर्ने उनले बताएका छन्।
ती सामान आपूर्तिका लागि चीनका विभिन्न सहरमा तयार पारेर राखेको र नेपाल भित्र्याउने माध्यम खोजिरहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘कसैले यो कार्यमा सहयोग पुर्याउन सक्नुहुन्छ भने हामी आभारी हुनेछौँ।’
चौधरीले ती सामान विदेशी वा नेपाली विमानमा ढुवानी गर्न सम्भव रहेको उनले बताएका छन्।
यसैबीच, नेपाल वायुसेवा निगमको जहाज भोलि शनिबार चिकित्सा सामग्री लिन ग्वान्झाउ उड्दै छ भने चीनले दिएको सामग्री आजै नेपाल आइसक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया