कारोबार


ओमोडा एन्ड जेइकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव, नयाँ ग्राहकका लागि विशेष अफर

ओमोडा एन्ड जेइकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव, नयाँ ग्राहकका लागि विशेष अफर

नेपालखबर
चैत ७, २०८१ बिहिबार २०:३०, काठमाडौँ

एसपीजी अटोमोबाइल्स प्रालिले नेपालमा ‘ओमोडा एन्ड जेइको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ।

ग्राहकवर्ग, व्यवसाय साझेदार तथा मिडिया प्रतिनिधिहरूलाई एकसाथ ल्याउँदै काठमाडौँको सिल्भर ओकमा बिहीबार पहिलो वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सव समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका निर्देशक गौरव शारडा, शारडा ग्रुपका निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दको मुख्य उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, ‘ओमोडा एन्ड जेइकोले छोटो समयमै नेपाली आम ग्राहकको मन जित्न सफल भएको छ। यो सफलता ग्राहकहरूले हामीप्रति गरेको असीम विश्वास हो, यस विश्वासलाई आत्मसात् गर्दै सधैँ गुणस्तरीय सेवा उपलब्ध गराउन ओमोडा एन्ड जेइको परिवार प्रतिबद्ध छ।”

वार्षिकोत्सव समारोहमा, एसपीजी अटोमोबाइल्सले विगत एक वर्षदेखि नेपाली बजारबाट प्राप्त साथको लागि कृतज्ञता व्यक्त गर्यो। साथै कम्पनिले सन् २०२५ मा प्रिमियम र लामो दुरीको विद्युतीय एसयुभिको लाइनअपमा, जेइको जे–फाइभ र जेइको भि–ट्वेन्टि–थ्रिलाई जोड्दै नेपालमा सार्वजनिक गर्ने योजना पनि साझा गर्यो।

साथै पहिलो वार्षिकोत्सवको अवसरमा एसपीजी अटोमोबाइल्सले नयाँ ग्राहकहरूका लागि वार्षिकोत्सव विशेष अफर पनि घोषणा गरेको छ। अफरमा, मात्र रू ५५ लाख ९९ हजारबाट सुरू हुने ओमोडा एन्ड जेइको सवारी साधनहरू, रू ५ लाख १५ हजारसम्मका विभिन्न फाइदाहरू, १ वर्षको निःशुल्क बीमा, र निःशुल्क ७ किलोवाटको चार्जर समावेश छन्। साथै, ग्राहकहरूले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको लामो वारेन्टी, साथै १ वर्षको निःशुल्क सडक करबाट लाभ उठाउन सक्नेछन्।

२०२४ को फेब्रुअरिमा नेपाली बजारमा सार्वजनिक भएदेखि ओमोडा एन्ड जेइकोले बजारमा ८०० भन्दा बढी युनिट बिक्री गरी छोटो समयमा नै सफल र बलियो पकड स्थापना गरेको छ। ओमोडा एन्ड जेइकोले नवीनता, प्रविधि र डिजाइनको उत्कृष्ट सङ्गम प्रस्तुत गर्दै नेपाली बजारका ग्राहकहरूलाई आकर्षण गर्न र ‘प्रिमियम मोडिलिटि’लाई पुनः परिभाषित गर्न सफल भएका छन्। 

हाल एसपीजी अटोमोबाइल्सले ४३० किलोमिटर रेन्ज दिने ओमोडा इ-फाइभ र ४०० किलोमिटर रेन्ज दिने जेइको जे–सिक्स अफरोड एसयूभीको गाडी बिक्री गर्दै आएको छ। ओमोडा एन्ड जेइकोको देशभर १७ वटा सोरुम तथा ३० भन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसकेको छ।

एसपीजी अटोमोबाइल्स नेपाली अटोमोटिभ बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad