कारोबार


दामोदर नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति

दामोदर नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति

नेपालखबर
चैत ६, २०८१ बुधबार ११:२७, काठमाडौँ

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।

बागमती प्रदेशको दोलखा, चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो।

अध्यक्षमा  दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्।

यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वोय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन्।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन्। यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन्।

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी,     टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र    सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ। पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्‍याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवर्द्धनात्मक कामहरु गर्ने उनले बताए। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad