साताको दोस्रो कारोबार दिन पनि सेयरबजारमा गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा आइपुग्दा कारोबार रकम पनि ५ अर्ब ४० करोडमा खुम्चिन पुगेको छ।
यसअघि आइतबार नेप्से २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा झरेको थियो भने ६ अर्ब ८३ करोडको कारोबार भएको थियो।
सोमबार कारोबारमा सामेलमध्ये ८५ वटा सेयरको मूल्य बढ्दा १४५ वटाको घटेको र १३ वटाको मूल्य स्थिर छ। यस दिन ९९ लाख ३५ हजार कित्ता सेयर बिक्री भएको छ।
बढेकामध्ये राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन (९.८६ प्रतिशत), सामुदायिक लघुवित्त (८.०३ प्रतिशत), ग्रिन डेभलपमेन्ट बैंक (५.३३ प्रतिशत), मानुषी लघुवित्त (४.१३ प्रतिशत) र इस्टर्न हाइड्रोपावर (३.२६ प्रतिशत) छन्।
यता घट्ने सेयरमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक (५.६३ प्रतिशत), घलेम्दी हाइड्रो (४.५८ प्रतिशत), विशालबजार कम्पनी (३.७३ प्रतिशत), विन नेपाल लघुवित्त (३ प्रतिशत) छन्।
आज लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्सको ४३ करोडको कारोबार गर्दा नेपाल पुनर्बीमाको ३० करोडको खरिद बिक्री गरेका छन्।
Shares

प्रतिक्रिया