कारोबार


मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल

मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल

नेपालखबर
चैत ३, २०८१ आइतबार २०:३२, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन्।

आव ०८२/८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताए। 

छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखापरेका चुनौती तथा समस्यालाई समाधान गरेर अघि बढ्न सकिने उनको भनाइ थियो। 

अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिए। उपलब्ध साधन स्रोतको ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेश गर्न उनले आग्रह गरे।

गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad