आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ।
२९ अंकमाथि पुगेर फर्किएको बजारले टेवा पाउन नसक्दा यो साताको सुरुवात पनि राताम्मे बजारबाट भएको हो।
आइतबार नेप्से सूचक २१.६३ प्रतिशतले घटेर २७१४.८५ अंकमा पुगेको हो।
सूचकसँगै आइतबार कारोबार रकम पनि घटेर ६ अर्बमा आइपुगेको छ। यो दिन लगानीकर्ताले ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार गरेका हुन्।
दिनभर राताम्मे बनेको बजारमा व्यापार समुह बाहेक सबै समूहको राताम्मे बन्दा कुल कारोबारमा आएका २०७ कम्पनीको मूल्य घटेको छ भने ३१ वटा कम्पनीको मात्रै मूल्य बढेको छ।
यो दिन सामुदायिक लघुवित्तको सेयरमूल्य ८.१९ प्रतिशतले बढेर सर्वाधिक कमाउनेमा अग्रपंतीमा देखिदा सार्वधिक घट्नेमा ग्रिन डेभलपमेन्ट बैंक देखिएको छ। यो बैंकको सेयरमूल्य ७.९१ प्रतिशत ले घटेको हो।
Shares

प्रतिक्रिया