कारोबार


सबैजसो विदेशी मुद्रा सस्तिए

सबैजसो विदेशी मुद्रा सस्तिए

नेपालखबर
चैत १, २०८१ शुक्रबार ४:५७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।  

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ २४ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ६० पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ५९ पैसा थियो। 

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ८१ रुपैयाँ १९ पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा थियो। 

आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ७९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४ सय ५३  रुपैयाँ ७५ पैसा  थियो। 

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ९५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad