समाज


ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
चैत १, २०८१ शुक्रबार ५:४८, सुनसरी

सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्र्याक्टरले पैदल हिँडिरहेको बेला ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवा लगिएको थियो। 

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए।

ट्रयाक्टर र त्यसका चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad