ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।
बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्कलगायत विभिन्न भाषा परीक्षाहरू (आईईएलटीएस, टुफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, यूएसएमएलई)को शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ।
यो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ।
अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ।

Shares

प्रतिक्रिया