फोटोफिचर


वसन्तपुरमा चिनियाँ फोटोग्राफर टोलीको होली (तस्बिरहरू)


नेपालखबर
फागुन २९, २०८१ बिहिबार १२:२९, काठमाडौँ

संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफरले फागु उत्सव दृश्यमा कैद गरेका छन्।

चाइना नेपाल फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको संयोजनमा नेपाल चिनियाँ फोटोग्राफरहरू फागु पर्वसँगै संस्कृति, सम्पदा र पर्यटनको फोटो खिच्न नेपाल आएका हुन्।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालको पर्यटन प्रवर्धनका लागि चिनियाँ फोटोग्राफरहरूलाई आमन्त्रण गरिएको फोरमका संयोजक डा. कल्याणराज शर्माले बताए।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्धन गर्नेछन्। 

फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तका अनुसार चिनियाँ फोटोग्राफरलाई फागु पूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने प्रबन्ध गरिएको छ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्नेछन्।

नेपाल-चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्‍याउनेछ।

(तस्बिरहरू : प्रदीपराज वन्त/रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad