कारोबार


हावाहुरी कम भएसँगै त्रिभुवन विमानस्थलमा धमाधम उडान र अवतरण

हावाहुरी कम भएसँगै त्रिभुवन विमानस्थलमा धमाधम उडान र अवतरण

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८१ बुधबार १८:३२, काठमाडौँ

प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावित भएको उडान र अवतरण साँझदेखि सहज भएको छ। 

अवतरणको क्रममा ओभरशुट गरेको कतार एयरवेजको जहाज लामो समय आकाशमा घुमेर साँझ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। 

कतारसँगै फ्लाईदुबई, कोरियन एयरको जहाज पनि अवतरण भएका छन्। अपराह्नदेखि हावाहुरी चलेसँगै विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले अवतरण गर्न सकेका थिएनन्। सो क्रममा क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाजलाई ढाका डाइभर्ट गर्नुपरेको थियो। 

अहिले फ्लाई दुबईकै एउटा जहाज र विमान बंगलादेशको एउटा विमान अवतरणका लागि पर्खिरहेको छ। 

त्यसैगरी मौसम अनुकूल भएसँगै इन्डिगो र एयर इन्डियाको जहाजले उडान गरेका छन् भने अन्य अन्तर्राष्ट्रिय उडानका लागि धमाधम सेक्युरिटी चेक भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad