कारोबार


हावाहुरीको कारण अवतरण गर्न सकेन कतार एयरवेजको जहाज

हावाहुरीको कारण अवतरण गर्न सकेन कतार एयरवेजको जहाज

नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:५७, काठमाडौँ

काठमाडौंमा मौसम प्रतिकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ। 

कतारको राजधानी दोहाबाट आएको कतार एयरवेजको जहाज अवतरण गर्न नसकेको हो। 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले मौसमका कारण कतार एयरवेजको अवतरण प्रयास सफल हुन नसकेको जानकारी दिए। 

‘काठमाडौंमा हावाहुरी चलेकाले प्रयास गर्दा पनि कतार एयरवेजको अवतरण सफल हुनसकेको छैन’, उनले भने, ‘अहिले अवतरणको प्रयास गरिरहेको छ।’ 

उनकाअनुसार भिजिबिलिटीको भने कुनै समस्या छैन। विमानस्थलमा अहिले ४ हजार मिटरसम्म भिजिबिलिटी छ तर तीव्र हावा चलिरहेकाले अवतरणमा समस्या भएको हो। 

कतार एयरवेजको जहाजलाई अवतरणका लागि हावा ८ नट चाहिन्छ। 

मौसम प्रतिकूल भएसँगै बाटिक एयरको जहाज भने बंगलादेशको ढाका डाइभर्ट गरिएको निरौलाले जानकारी दिए। 

उनका अनुसार कोरियाको सोलबाट आएको कोरियन एयर र ढाकाबाट आएको विमान बंगलादेश आकाशमै होल्ड भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad