कारोबार


शाओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

शाओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार २०:९, काठमाडौँ

शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ। जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन्। 

कम्पनीका अनुसार यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्छन्।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हाम्रो प्रतिबद्धता भनेको नवीनतम प्रविधि प्रदान गर्दै प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउने हो। रेड्मी बड्स ६ सिरिजको उत्कृष्ट अडियो गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू हामी सुलभ मूल्यमा प्रदान गर्दैछौँ। हामी यी इयरबड्स नेपाली ग्राहकहरूलाई उपलब्ध गराउन पाउँदा धेरै नै उत्साहित छौँ।’

रेड्मी बड्स ६ लाइट – उच्च गुणस्तरीय साउण्ड र नोइज क्यान्सिलेसन
१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्छ। ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्छ। 

डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप (चार्जिङ केससहित) ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ।

रेड्मी बड्स ६ प्ले – हल्का, शक्तिशाली र सुविधाजनक
रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ। १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव प्रदान गर्छ। 

एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइम (चार्जिङ केससहित) ले दिनभरको प्रयोग सुनिश्चित गर्दछ। साथै १० मिनेटको क्विक चार्जले ३ घण्टासम्मको म्युजिक प्लेब्याक प्रदान गर्छ जुन यात्राका क्रममा अत्यन्तै उपयोगी हुन आउँछ।

मूल्य तथा उपलब्धता
नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरुमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुनेछ। रेड्मी बड्स ६ लाइटको मूल्य रु. ३,४९९ रहेको छ भने रेड्मी बड्स ६ प्ले रु. १,९९९ मा खरिद गर्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad