क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथामिक सेयर (आईपीओ) लिन आज (फागुन २२) देखि आवेदन दिन सकिने भएको छ।
कम्पनीले १८ लाख ४५ हजार कित्ता प्राथामिक सेयर सर्वसाधारणका लागि छुट्याएको हो।
यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ६७ हजार ५ सय कित्ता सेयर खुलाएको कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुला गरेको हो।
कम्पनीका अनुसार इच्छुक आवेदकले फागुन २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।
लगानीका लागि यो कम्पनीलाई सुरक्षित मानिन्छ।
रेटिङ प्रदान गर्ने कम्पनी इक्रा नेपालले कम्पनीको वासालातलाई आधार मान्दै डब बी रेटिङ प्रदान गरेको छ।
यसको अर्थ कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने सवालमा मध्यम सुरक्षित हो।
यस्तै कम्पनीको वासलात पनि सुधारोन्मुख अवस्थामा छन्।
अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.२७ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २.४१ रुपैयाँ मात्र छ।
कम्पनीको सञ्चित मुनाफा भने ८८ लाख रुपैयाँ छ।
Shares

प्रतिक्रिया