नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
आज आइतबार प्रतिनिधिसभाको बैठकमा उनले राम्रो काम गरिरहेको व्यक्तिलाई हटाए माओवादीले प्रतिरोध गर्ने बताएका हुन्।
'जसले नेपाल विद्युत् प्राधिकरण घाटामा थियो, आज नाफामा लग्दै छ। विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका कारणले लोडसेडिङ मुक्त भएको छ। तर, आज सरकार स्पष्टकीरण सोधेर बर्खास्तको तयारी गरिरहेको छ,' उनले भने, 'जसले राम्रो काम गरिराखेको छ। जनताको पक्षमा काम गरिरहेको छ। सरकारले राम्रो काम त गर्न सकेन, राम्रो काम गर्नेलाई पनि हटाइरहेको छ। त्यस्तो हो भने प्रमुख प्रतिपक्ष दलले त्यसको प्रतिरोध गर्छ।'
96
Shares

प्रतिक्रिया