आइतबार प्रतितोला दुई हजार सातसय रुपैयाँ घटेको सुनको मूल्य आज बढेको छ।
सुन आज तोलामा एक हजार दुईसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार सातसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो।
गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदी तोलाको एक हजार नौसय ७० रुपैयाँमा किनबेच भइरहेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।
Shares

प्रतिक्रिया