कारोबार


हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्‍यो नगद लाभांश घोषणा

हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्‍यो नगद लाभांश घोषणा

नेपालखबर
माघ ३०, २०८१ बुधबार १३:५७, काठमाडौँ

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई दिने नगद लाभांश घोषणा गरेको छ। 

कम्पनीको २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट नगद लाभांश बाँड्ने प्रस्तावबारे निर्णय गरेको हो। 

कम्पनीको हाल कायम चुक्ता पुँजीबाट ८.७५ प्रतिशतका दरले लाभांश बाँड्ने प्रस्ताव गरिएको छ। 

यसअनुसार चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सय रुपैयाँको उक्त दरले हुने २१ करोड ८७ लाख ६३ हजार ७ सय ७३ रुपैयाँ कर समेतको लागि नगद लाभांश बाँडिनेछ। 

त्यसअघि नेपाल बीमा प्राधिकरणले कम्पनीको उक्त आवको वित्तीय विवरण स्वीकृत गर्नुपर्नेछ भने कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यस प्रस्ताव पारित भएपछि सेयरधनीले पाउनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad