राजनीति


प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखक


नेपालखबर
माघ ३०, २०८१ बुधबार १४:०, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।  बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई बोलाएर उनले प्रहरीलाई कुट्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन्।  

केही दिनअघि  काठमाडौँको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताले हातपात गरेका थिए। उनीहरूलाई कारबाहीको दायरमा नल्याउँदा गृहमन्त्री र सरकारको चर्को आलोचना भइरहेको छ। 

बुधबार बिहान गृहमन्त्री लेखकले प्रहरी प्रमुख कुँवरलाई समाजमा शान्ति सुरक्षा खलल पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।  

'घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु' उनले भने, 'समाजमा शान्ति सुरक्षामा खलल् पुर्‍याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad