मेनोनाईट सेन्ट्रल कमिटीको आर्थिक सहयोग र संस्थागत विकास संजालको संयोजनमा विकासको लागि युवा नेतृत्व परियोजना अन्तर्गत चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज, थाक्रे धादिङद्वारा छनोट भएका युवाहरुलाई ८ दिने विकासका लागि युवा नेतृत्व तालिम बिहीबार सम्पन्न भएको छ।
युवाहरुको नेतृत्वमा समुदायमा विकास गर्न लक्ष्यका साथ सुरु गरिएको विकासको लागि युवा नेतृत्व परियोजनाको पहिलो चरणको ८ दिने तालिममा अहिंसा सहितको सञ्चार, शान्ति, बानी परिवर्तन, द्वन्द विश्लेषण, युवा नेतृत्व, लैगिक हिंसा र पैरवी, सामुदायिक पाश्वचित्र र प्रतिवेदन लेखनसम्बन्धि विषयवस्तु लगायतमा सहजीकरण गरिएको थियो। कार्यक्रममा सहभागी भएका युवाले यो तालिमले आफूमा आत्मविश्वास बढेको र गाँउको विकासकालागि थप प्रोत्साहन गरेको बताएका छन्।
८ दिने तालिममा थाक्रे गाँउपालिकाका १३ जना महिला र २ जना पुरुष गरि १५ जना युवाको सहभागिता रहेको थियो। संस्थागत विकास संजालका शान्ति अधिकृत प्रवेश राज जोशीले सहजीकरण गर्नुभएको उक्त तालिममा बालकृष्ण महर्जन, राजिव तिमल्सिना, मनिराम पौडेल, भाग्यश्री विष्टलगायतकाले प्रशिक्षण गरेका थिए।
Shares

प्रतिक्रिया