कारोबार


सामान्य अंकले घट्यो नेप्से, चार दिनयता उपकारमा सर्किट तहमै वृद्धि

सामान्य अंकले घट्यो नेप्से, चार दिनयता उपकारमा सर्किट तहमै वृद्धि

नेपालखबर
माघ २३, २०८१ बुधबार १५:१८, काठमाडौँ

बुधबार सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २७११.४५ अंकमा बन्द भएको छ।

दिनभरको उतारचढावपछि अन्तिममा सामान्य अंकले नेप्से घटेर बजार बन्द भएको हो।

आइतबार एकैपटक ६९ अंकको बृद्धि गरेको नेप्सेले त्यसपछिका दिनमा निरन्तर घट्दै आएको छ। मंगलबार १४.०८ अंकले घटेको नेप्सेले बुधबार ४.४५ अंकले घटेको हो । 

यस्तै कारोबार रकममा पनि आज संकुचन आएको छ। यो दिन लगानीकर्ताले ८ अर्ब ९५ करोडको कारोबार गरेका हुन्। 

दिनभर घटेको बजारमा ११३ कम्पनीको मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ। बढ्नेमा आज पनि उपकार लघुवित्त अगाडि देखिएको हो।

निरन्तर चार दिनदेखि सर्किट हानिरहेको उपकार लघुवित्तले आज पनि मूल्यमा पोेजेटिभ सर्किट लाउन सफल देखिएको छ।

यो कम्पनीको मुल्य प्रतिकित्ता ६ हजार ६ सयमा पुगेको छ ।यो बाहेक छ्याङग्दी हाइड्रको मूल्यमा पनि आज पोजेटिभ सर्किट लागको छ।

यता घट्नेमा भने आज सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि छ। यी दुवै कम्पनीको  मूल्यमा नकारात्मक सर्किट लागको हो।

यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको कारोबार गरेका छन्। लगानीकर्ताले आज एकै दिन उक्त कम्पनीको सेयर ३३ करोडमा कारोबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad