कारोबार


तंग्रियो इकमर्स : गत वर्ष करोडमा भएको कारोबार ६ महिनामै अर्ब नाघ्यो

तंग्रियो इकमर्स : गत वर्ष करोडमा भएको कारोबार ६ महिनामै अर्ब नाघ्यो

नेपालखबर
माघ २२, २०८१ मंगलबार १६:४७, काठमाडौँ

२०८० सालमा करोडमा सीमित रहँदै आएको इकमर्सको कारोबार २०८१ सालमा तंग्रिन थालेको छ। 

कोरोना संक्रामणबाट मुलुक बाहिर निस्किएसँगै बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेपछि कारोबार करोडमा सीमित हुँदै आएको थियो। 

तर चालू आर्थिक वर्षबाट भने करोडमा भइरहेको कारोबारलाई उछिन्दै ६ महिनामा उपभोक्ताले अर्बमाथिको कारोबार गरेका हुन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म उपभोक्ताले १ अर्ब २४ करोड ७० लाखबराबरको कारोबार इकमर्समा गरेका छन्। 

जब कि २०८०/८१ सालमा उपभोक्ताले कुल ९१ करोड ३० लाखको मात्रै कारोबार गरेका थिए। गत वर्षभरि लगानीकर्ताले गरेको कारोबार रकमलाई चालू आर्थिक वर्षको ६ महिनाको रकमले जितेको हो।

दोस्रो त्रैमासिकसम्म उपभोक्ताले इकमर्समार्फत १ लाख ६७ हजार ३ सय ३३ पटक वस्तु तथा सेवा खरिदबिक्री गरेका छन्। जब कि गत आर्थिक वर्षमा उपभोक्ताले जम्मा १ लाख ४५ हजार ९ सय ७७ पटक मात्रै वस्तु तथा सेवा इकमर्समार्फत खरिद गरेका थिए। 

गत वर्षको तुलनामा चालू आवको ६ महिनामा इकमर्समा हुने कारोबार ३६.५८ प्रतिशतले बढेको हो। गत वर्षको पुसको तुलनामा भने चालू आवको पुसमा इकमर्सको कारोबार ७२.२३ प्रतिशतले बढेको देखिन्छ। 

गत वर्ष पुस मसान्तसम्म इकमर्सले ७२ करोड ४० लाखको कारोबार गरेका थिए। सो आर्थिक वर्ष सकिने बेला असारमा आइपुग्दा भने कारोबार बढेर ९१ करोडमा पुगेको थियो। 

चालू आवको ६ महिनामै सो रेकर्ड तोड्दै इकमर्सको कारोबार अर्बमाथि उक्लिएको हो। 

आर्थिक वर्ष २०७८/०७९ मा लगानीकर्ताले २९ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा इकमर्समार्फत खरिद गर्दा आव २०७९/०८० मा भने ५० करोडको कारोबार गरेका थिए भने २०८०/८१ मा आइपुग्दा यस्तो कारोबार बढेर ९१ करोड ३० लाखमा पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad