नेपाल पत्रकार महासंघले पालिकासमय डटकमका सम्पादक कमलबहादुर बोहरामाथि अज्ञात व्यक्तिबाट भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ।
यही माघ २१ गते सोमबार काठमाडौंको मध्यबानेश्वरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यसमेत रहेका बोहरामाथि अज्ञात व्यक्तिले आक्रमण गरेको महासंघ काठमाडौं शाखाले जनाएको छ।
‘कुनै पनि बहानामा पत्रकारमाथि हुने यस्ता हर्कत प्रेस स्वतन्त्रताविरोधी हो’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रेसविरोधी यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ।’
साथै, महासंघले घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
27
Shares

प्रतिक्रिया