कारोबार


साढे २ करोड डलर तिरेर ट्रम्पसँगको मुद्दा मिलान गर्दै मेटा

साढे २ करोड डलर तिरेर ट्रम्पसँगको मुद्दा मिलान गर्दै मेटा

नेपालखबर
माघ १७, २०८१ बिहिबार १४:१७, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको मुद्दा मिलानमा साढे २ करोड अमेरिकी डलर तिर्ने भएको छ। 

ट्रम्पले यो मुद्दा मिलानसम्बन्धी कानुनी पत्रमा हस्ताक्षर गरेको बीबीसीले उल्लेख गरेको छ। 

सन् २०२१ मा ट्रम्पले आफ्नो अकाउन्ट फेसबुक र इन्स्टाबाट हटाएकोविरुद्ध सामाजिक सञ्जाल र यसका मालिक मार्क जकरबर्गविरुद्ध मुद्दा हालेका थिए। 

सन् २०२४ जुलाईमा मेटाले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो। 

मेटाले तिर्नेमध्ये २ करोड २० लाख डलर ट्रम्पको राष्ट्रपतीय पुस्तकालयका लागि खडा गरिएको कोषमा जानेछ। उक्त रकम मुद्दामा हस्ताक्षर गर्नेको कानुनी लागतमा खर्च गरिनेछ। 

यता मेटाले कुनै पनि गलत काम नगरेको दाबी गर्नेछ। गत नोभेम्बरमा ट्रम्पले राष्ट्रपतीय चुनाव जितेपछि जकरबर्ग फ्लोरिडास्थित ट्रम्पनिवास मारा लागो पुगेका थिए। 

त्यसको पछिल्लो महिना मेटाले ट्रम्पको शपथ समारोहका लागि १० लाख डलर दिने घोषणा गरेको थियो। 

वर्षौँसम्म जकरबर्ग र फेसबुक ट्रम्पको आलोचक थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad