संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष बनाउने बताएका छन्।
आइतबार गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सबैभन्दा छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम गर्न सफल फुन्जो जाङ्मो लामासहितका आरोहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
मन्त्री पाण्डेले भने, ‘पर्वतारोहीका लागि कल्याणकारी कोष बनाउँछौँ। पर्यटन विभागले पर्वतारोहणका क्रममा रहनुभएकाहरू लक्षित कल्याणकारी कोष बनाउनेबारे छलफल अघि बढाएको छ। कोही पनि पर्वतारोहण गर्दा अफ्ठ्यारो पर्दा सरकार साथमा छ भन्ने आभास दिलाउनेछौँ।’
मन्त्री पाण्डेले नेपालमा पर्यटक भित्र्याउनका लागि नेपालको आकाश सुरक्षित र चलायमान छ भन्ने वातावरण बनाउन सकेको अवस्थामा र अफ्ठ्यारो पर्दा सहज रूपमा उद्धार गर्न सकिएको अवस्थामा पर्यटकहरू सहजै रूपमा आउने समेत दाबी गरे।
Shares

प्रतिक्रिया