ad ad

कारोबार


नेपाल भारत पर्यटन कार्यदलको बैठक राख्न भारतीय राजदूतसँग आग्रह

नेपाल भारत पर्यटन कार्यदलको बैठक राख्न भारतीय राजदूतसँग आग्रह

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १५:४०,

नेपाल भारत उद्योग वाणिज्य संघ(निक्की) ले नेपाल भारत पर्यटन संयुक्त कार्यदलको बैठक आयोजना गर्न भारतीय पक्षसँग आग्रह गरेको छ।

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रासँग संघको टोलीले भेट गरी दुई/दुई वर्षमा आयोजना गरिने बैठक यसपटक भारतमा राख्न अनुरोध गरेको हो।
अध्यक्ष सृजना राणाले दोश्रो नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक सन् २०१८ जुलाई ६ मा काठमाडौंमा सम्पन्न भएको राजदूत क्वात्रालाई स्मरण गराएकी थिइन्।

‘प्रत्येक दुई दुई वर्षमा नेपाल र भारतले आलोपालो गरी नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक आयोजना गर्ने प्रावधान भएको जानकारी गराउँंदै यो वर्ष भारतमा हुने संयुक्त कार्यदलको बैठकका लागि भारतीय राजदूतावासको सक्रिय सहयोगको लागी अध्यक्ष सृजना राणाले अनुरोध गर्नुभयो’ बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भेटघाटको क्रममा संघका प्रतिनिधि मण्डल र राजदूत क्वात्राबीच आगामी दिनमा गर्ने कार्य तथा नेपाल–भारत ब्यापार तथा लगानीका क्षेत्रमा रहेका बिभिन्न पक्षहरुका वारेमा छलफल भएको थियो।

सो अवसरमा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले संघले नव उद्यम–स्टार्ट अप) का लगानीकर्ताहरुबीच समन्वयका लागि भूमिका खेल्न राजदूत क्वात्रालाई आग्रह गरेका थिए।

‘नेपाल–भारत साझेदारी सम्मेलन (पार्टनरशीप समिट), काठमाडौं–कोलकाता मञ्च (के टू के फोरम), भारतको नयां दिल्लीमा एउटा इनोभेसन हाउसको स्थापना गर्ने, जसको माध्यमबाट नेपालका नव उद्यमी (स्टार्टअप) हरुको लागी लगानीकर्तासँग समन्वय गर्न सघाउन भारतीय राजदूतावासको सहयोग आवश्यक पर्छ’ केसीले भने, ‘भारतीय लगानी नेपालमा भित्र्याउने लगायतका कार्यक्रमहरु गर्ने योजना बनाए बमोजिम संघले कार्य गर्दै गरेको छ। त्यसमा पनि राजदूतावासको सहयोग चाहन्छ।’

त्यस अवसरमा राजदूत क्वात्राले नेपाल–भारत दुई पक्षीय ब्यापार तथा लगानी प्रबद्र्धनको क्षेत्रमा संघले गर्ने कार्यहरुमा दूतावास सहकार्य गरी अघि बढ्न तत्पर बताएका थिए।

भेटमा संघका निवर्तमान अध्यक्ष सौर्य राणा , उपाध्यक्षहरु सुनिल केसी, सैवाल घोष, महासचिव आर बि रौनियार, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, सदस्यहरु अभिमन्यु पोद्दाार, हेमराज ढकाल, करण चौधरी, सन्दिप अग्रवाल गाडिया, सौरभ ज्योति, सुधीर मित्तलको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .