कारोबार


कर्णाली बैंकको खराब कर्जा एकैदिन ४२ प्रतिशत पुगेको होइन : पूर्व बैंकर भट्टराई

कर्णाली बैंकको खराब कर्जा एकैदिन ४२ प्रतिशत पुगेको होइन : पूर्व बैंकर भट्टराई

नेपालखबर
माघ ७, २०८१ सोमबार १८:२६, काठमाडौँ

पूर्वबैंकर अनलराज भट्टराईले नियामक निकायको कमजोरीका कारण कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च हुन पुगेको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। 

‘कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिँदा राष्ट्र बैंकले नियन्त्रणमा लिनु पर्‍यो। त्यो बेलासम्म अडिटर, रेगुलेटर कहाँ थियो?’, भट्टराईले भने, ‘बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिन भएको होइन। हरेक वर्ष हुँदै आएको हो। यो व्यवस्थापनदेखि नियामकसम्मको कमजोरीले यस्तो भएको हो।’ 

उनका अनुसार बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पत्ति धितोमा छ। घरजग्गा धितोमा ६६ प्रतिशत छ। सम्पत्ति धितोका कर्जाहरू वृद्धि भएका छन्। अन्यमा कम हुँदै गएको छ। अहिले बैंकहरु दुई वटा समस्यामा रहेको औँल्याउँदै उनले भने, ‘पहिलो खराब कर्जा बढ्दै जाने र क्यापिटल टाइट हुँदै जाने समस्या छ। निपेक्ष नलिने समस्या छ। तरलता थुप्रिएर बसेको छ। तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था छ। भएको अहिले हामी क्रेडिट क्रन्चमा छौँ। यदि बैंकहरुमा तरलता अभाव भएको भए आज सार्वजनिक भएको बैंकको नाफा ४.९ भन्दा माथि हुने थिएन।’

बैंकहरुको प्रोभिजनिङ र खराब कर्जा छुट्याउन सक्यौँ भने अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने उनको दाबी छ। ‘जहाँ बैंकहरुमा ८ प्रतिशत पुग्न लागेको खराब कर्जालाई निराकरण गर्न सक्छौँ। बैंकहरुमा ८ प्रतिशत खराब कर्जा पुग्छ। यदि बैंकहरुमा ८ प्रतिशत खराब कर्जा पुग्यो भने प्रोभिजनिङ के गर्ने?’, उनले प्रश्न गरे। 

उनका अनुसार बैंकले कुनै पनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था भयो भने बैंकहरुले शतप्रतिशत नाफा नोक्सान एकाउण्टमा खर्च लेख्नुपर्छ। यो वर्ष बैंकहरुले ३१ अर्ब रुपैयाँ प्रोभिजन राखी सकेको छ। अघिल्लो वर्षदेखि हेर्दा २६७ अर्ब रुपैयाँ प्रोभिजनबाट शेयर होल्डरले पाउने नाफा र सरकारले पाउने करमा पनि असर परेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad