आज सुनचाँदीकै मूल्य घटेको छ। गतसाता लगातार बढेको सुनचाँदीकै मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
आज सुन प्रतितोला आठसय रुपैयाँ घटेको छ। शुक्रबार प्रतितोला १३ सय रुपैयाँ मूल्य बढेको सुनको मूल्य आज घटेको हो। आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुनको मूल्य तोलाकौ एक लाख ५७ हजार नौसय रुपैयाँ थियो।
गएको बिहीबार पनि सुनको मूल्य प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हाे। शुक्रबार एक हजार आठसय ९० रुपैयाँ पुगेको चाँदीको मूल्य आज एक हजार आठसय ६० रुपैयाँमा झरेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया